बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चीनमा उत्खनन् गर्दा बैज्ञानिकहरुले भेटे ८ करोड वर्ष पुरानो डाइनोसरको अण्डा


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ८ २०८१०८:५६
    चीनमा उत्खनन् गर्दा बैज्ञानिकहरुले भेटे ८ करोड वर्ष पुरानो डाइनोसरको अण्डा

    काठमाडौं । चीनमा वैज्ञानिकहरूले उत्खनन् गर्दा करिब ८ करोड वर्ष पुरानो सबैभन्दा साना डायनासोरको अण्डा फेला पारेका छन् जसलाई नयाँ प्रजातिसँग जोडिएको छ । अंगुरजत्रा यी साना अण्डाहरू दक्षिणपूर्वी चीनको गान्झाउ नजिकैको निर्माण स्थलमा २०२१ मा भेटिएका लाइभसाइन्स डटकमले उल्लेख गरेको छ ।

    निर्माण कार्यले नष्ट हुनुअघि नै यी अण्डाहरू उत्खनन गरिएका थिए । यो पत्ता लागेको समूहलाई “गान्झाउ साना अण्डाहरू” नाम दिइएको छ । जुन करिब ८ करोड वर्ष पुरानो क्रीटेसियस युगको मानिन्छ ।

    ६ वटा अण्डाहरू ढुङ्गाको टुक्रामा अनियमित रूपमा पाइएकोले तिनीहरू एउटै गुँडको हिस्सा हुन् कि होइनन् भनेर भन्न गाह्रो छ । सबैभन्दा सानो अण्डाको लम्बाइ मात्र १.१ इन्च (२.९ सेन्टिमिटर) छ । जसले अहिलेसम्मकै सानो डायनोसोर अण्डाको रेकर्ड तोडेको छ ।

    यसअघि जापानमा फेला परेको १.८ इन्च (४.५ सेन्टिमिटर) लामो अण्डालाई यो रेकर्ड दिइएको थियो । यो अण्डा Himeoolithus murakamii नामक सानो डायनोसोरले करिब ११ करोड वर्ष पहिले राखेको थियो । तुलनाको लागि यी अण्डाहरू प्रायः कुखुराको अण्डाभन्दा आधा साना छन् ।

    लाइभसाइन्सले उल्लेख गरे अनुसार गत अक्टोबर १४ मा हिस्टोरिकल बाओलोजी नामक जर्नलमा प्रकाशित एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले यी अण्डाहरू पहिलेदेखि कहिल्यै देखिएको नसकिएको दुई खुट्टामा हिँड्ने र प्रायः शिकारी डायनोसोरहरू (जस्तै, Tyrannosaurus rex) को समूहमा राखिएको nonavian theropod  प्रजातिका डायनासोरसँग जोडिएको बताएका छन् ।

     


    प्रतिक्रिया दिनुहोस