काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रहरीले उनलाई हिरासतमा राखी अनुसन्धान गर्न २५ दिनको अनुमति माग गरे पनि अदालतले सात दिनको मात्र म्याद दिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।