आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ८ २०८१०६:३७
    जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।

    महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठसहित १२ जना रहेको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले बुधबार राति पक्राउ गरेको थियो । उनीहरुबाट नगद ७ लाख ३० हजार रूपैयाँ र ९ बुक तास बरामद भएको छ ।


    प्रतिक्रिया दिनुहोस