बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विद्युत् प्राधिकरणले काट्यो महसुल नतिर्ने उद्योगको लाइन


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ८ २०८११०:३५
    विद्युत् प्राधिकरणले काट्यो महसुल नतिर्ने उद्योगको लाइन

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन काटेको छ ।

    प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गते (आज) भित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको थियो ।

    उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालिएको स्रोतले जनायो । रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष पवनकुमार गोल्यानका अनुसार घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक, कसमस सिमेन्टलगायतका उद्योगमा लाइन काटिएको छ ।


    प्रतिक्रिया दिनुहोस