आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • तुलसीपुरमा जिप दुर्घटना, दुई जनाको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १० २०८१०८:४७
    तुलसीपुरमा जिप दुर्घटना,  दुई जनाको मृत्यु

    दाङ । दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का छन् । 

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दुवैजनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । रासस
     


    प्रतिक्रिया दिनुहोस