आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सङ्खुवासभाको चिचिलामा सामान्य विवादमा खुकुरी प्रहार गरि छिमेकीको हत्या, महिला पक्राउ


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १० २०८१०८:२१
    सङ्खुवासभाको चिचिलामा सामान्य विवादमा खुकुरी प्रहार गरि छिमेकीको हत्या, महिला पक्राउ

    खाँदबारी सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ । 

    सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

    हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हत्यामा सङ्लग्न दुर्गामायालाई नियन्त्रणमा लिइएको छ । उनको साथबाट प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो खुकुरीसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # #murder
  • प्रतिक्रिया दिनुहोस