बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ट्राफिक प्रहरीद्धारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ११ २०८१११:४५
    ट्राफिक प्रहरीद्धारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

    बागमती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१र८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

    पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

    यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए । 
    रासस


  • सम्बन्धित विषय:

  • # #trafficpolice
  • प्रतिक्रिया दिनुहोस