आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कस्तो रहला आजको मौसम ?


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १२ २०८१०९:००
    कस्तो रहला आजको मौसम ?

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । 

    विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    विभागका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव छ ।


    प्रतिक्रिया दिनुहोस