बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द हुने


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १२ २०८१०६:३७
    कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द हुने

    काठमाडौँ । तिहारको उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द हुने भएको छ । 

    सर्वोच्चको प्रशासन शाखाले सोमबार जारी गरेको सूचनामा अदालत बन्द भएपनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेकका दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुने उल्लेख छ । 

    त्यसका लागि सुनुवाइ बिहान १२ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सूचनामा उल्लेख छ ।  


    प्रतिक्रिया दिनुहोस