बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जापानी कम्पनीले अर्को वर्ष चन्द्रमामा मिसन पठाउँदै, माइक्रो रोबरले चन्द्रमामा खोजी गर्ने


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर ८ २०८००९:२०
    जापानी कम्पनीले अर्को वर्ष चन्द्रमामा मिसन पठाउँदै, माइक्रो रोबरले चन्द्रमामा खोजी गर्ने

    काठमाडौं । जापानी कम्पनी ‘आइस्पेस’को चन्द्रमा मिसन यसै वर्ष असफल भएको थियो। अप्रिलमा, आइस्पेसको हाकुटो-आर एम१ (HAKUTO-R M1) ल्यान्डर चन्द्रमामा सुरक्षित अवतरण गर्न असफल भयो र क्र्यास ल्यान्डिङमा नष्ट भयो। तर, कम्पनीको मनोबल उच्च छ।

    हालैको एक रिपोर्टकाअनुसार आईस्पेसले एउटा मिनी रोभर तयार गरेको छ, जुन अर्को वर्ष चन्द्रमामा अवतरण गर्न पृथ्वीबाट उड्नेछ। विशेष कुरा के छ भने रोभरको तौल ५ किलो मात्र छ। यसमा एचडी क्यामरा जडान गरिएको छ, जसले चन्द्रमाको फोटो खिच्नेछ।

    समाचारकाअनुसार माइक्रो रोभर आगामी वर्षको जाडोमा लन्च गर्न सकिनेछ। यो रोभर १०.२४ इन्च लामो, १२.४ इन्च चौडा र २१.२६ इन्च अग्लो छ। माइक्रो रोभरको तौल ५ किलो हुनेछ। यसको अगाडि एचडी क्यामरा जडान गरिएको हुनेछ, जसले चन्द्र सतहको फोटो खिच्न सक्षम हुनेछ। यो उडान पूरा गर्न आईइस्पेसले ‘मिसन २ उडान’ योजना तयार गरेको छ भने ल्यान्डरको डिजाइन पनि फाइनल भइसकेको छ।

    “चन्द्र यातायात र डाटा सेवाहरू प्रदान गर्न निरन्तर मिसन सञ्चालनहरू आवश्यक छन्, त्यसैले म मिशन २ ल्यान्डर उडान मोडेल र माइक्रो रोभरको अन्तिम डिजाइनमा हामीले गरेको प्रगति घोषणा गर्न पाउँदा खुसी छु। विशेष गरी, मलाई यो सम्भव बनाएका सबै कर्मचारीहरूप्रति गर्व छ, जसले करिब छ महिना अघि मिशन १ पूरा गरेको छोटो समयमा नै यस मिशनलाई समयतालिकामा अगाडि बढाउन आवश्यक सुधारहरू समावेश गरेका छन्,” संस्थापक र सीईओ हकामाडाले भने।

    यसअघि कम्पनीले डिसेम्बर २०२२ मा आफ्नो पहिलो चन्द्रमा मिसन सुरु गरेको थियो। त्यस अन्तर्गत हाकुटो-आर ल्यान्डर प्रक्षेपण गरिएको थियो। अप्रिल २०२३ मा, ल्यान्डरले चन्द्रमामा अवतरण गर्ने प्रयास गर्यो, तर अन्तरिक्ष यानको अनबोर्ड कम्प्युटरले ल्यान्डरको उचाइ र चन्द्रमाको सतहको गलत गणना गर्यो। जसका कारण ल्यान्डर चन्द्रमाको सतहसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

    पहिलो मिसनका गल्तीहरुबाट पाठ सिकेर दोस्रो मिसनका लागि राम्रो सफ्टवेयर तयार गरेको आइस्पेसले जनाएको छ। कम्पनीले अर्को चन्द्रमा मिसनमा काम गरिरहेको छ, जुन सन् २०२६ मा प्रक्षेपण हुनेछ।


    प्रतिक्रिया दिनुहोस