बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पुटिन र किम ट्रम्पले जितोस् भन्ने चाहन्छन् : ह्यारिस


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १४ २०८११०:५१
    पुटिन र किम ट्रम्पले जितोस् भन्ने चाहन्छन् : ह्यारिस

    वासिङ्टन । अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले चुनावी भाषणका क्रममा पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबारे गम्भीर टिप्पणी गरेकी छन् ।

    भ्लादिमिर पुटिन र किम जोङ उन जस्ता तानाशाहहरु ट्रम्पले जितेको हेर्न चाहेको ह्यारिसले आरोप लगाएकी हुन् ।

    कमला ह्यारिसले भनिन्, ‘अमेरिका विश्वमा स्वतन्त्रताको च्याम्पियन रहिरहोस् भनेर म सुनिश्चित गर्नेछु। हामीले माया गर्ने देशको लागि लडौँ । हामी सबैसँग यी ७ दिनमा पाना पल्टाउन र अहिलेसम्म भनिएका कथाहरूको अर्को र उत्कृष्ट अध्याय लेख्नको लागि पर्याप्त शक्ति छ।’

    आफ्नो सम्बोधनका क्रममा उनले मतदाताहरूलाई सन् २०२१, जनवरी ६ को हिंसाको बारेमा पनि स्मरण गराइन् ।
     


    प्रतिक्रिया दिनुहोस