आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक १६ २०८१०९:५६
    सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

    नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गएराति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । 

    दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन् । निजको ग्रिनसिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको उनले बताए । रासस


    प्रतिक्रिया दिनुहोस