आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • चलचित्र विकास बोर्डले ड्रोन सञ्चालनसम्बन्धी नि:शुल्क तालिम दिँदै, आवेदन दिने म्याद ९ दिन बाँकी


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक १६ २०८१०८:४६
    चलचित्र विकास बोर्डले ड्रोन सञ्चालनसम्बन्धी नि:शुल्क तालिम दिँदै, आवेदन दिने म्याद ९ दिन बाँकी

    काठमाडौं । चलचित्र विकास बोर्डले ड्रोन क्यामेरा सञ्चालनसम्बन्धी निशुल्क प्रशिक्षण दिने भएको छ । 

    बोर्डले एक सूचना जारी १० दिनसम्म ड्रोन सञ्चालनसम्बन्धी प्रशिक्षण आयोजना गर्न लागेको जानकारी दिँदै इच्छुकहरुलाई आवेदनका लागि पनि आह्वान गरेको हो ।

    उक्त सूचनामा चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि २५ जना नेपाली चलचित्र छायाँकार (क्यामेराम्यान) लाई प्रशिक्षणमा सहभागी गराउने जनाइएको छ । उक्त् १० दिने ड्रोन क्यामेरा सञ्चालनको प्रशिक्षण सम्बन्धी कार्यशालामा नेपाली चलचित्रका छायाँकारले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

     

    Film Dev Board.jpeg


    प्रतिक्रिया दिनुहोस