आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सुनसरीमा जुवाको खालबाट ९ लाख रुपैयाँसहित १५ जना पक्राउ


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १८ २०८१०६:४५
    सुनसरीमा जुवाको खालबाट ९ लाख रुपैयाँसहित १५ जना पक्राउ

    काठमाडौं । सुनसरीमा जुवाको खालबाट नौ लाख रुपैयाँसहित १५ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट गएको प्रहरीको टोलीले नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार, जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ ।

    अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ । उनीहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसुर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस