आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १९ २०८१०९:४७
    मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।

    आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।

    पक्राउ पर्नेहरू :
    १.     जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ मार्फा बस्ने वर्ष ५० का सुरज लालचन

    २.     ऐ.ऐ. बस्ने वर्ष ५६ का राजु लालचन ।

    ३.     ऐ.ऐ. बस्ने वर्ष ५० का जेम्स हिराचन ।

    ४.     ऐ.ऐ. बस्ने वर्ष ५३  का गुन्ज हिराचन ।

    ५.     ऐ.ऐ. बस्ने वर्ष ६०  का दल बहादुर हिराचन ।

    ६.     ऐ.ऐ. बस्ने वर्ष ५० का विश्वलालचन ।

    ७.    जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.  ०९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ बस्ने वर्ष ५९ का आईत ज्वारचन ।

    ८.     जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ मार्फा बस्ने वर्ष ३८ का समिर ज्वारचन ।

    ९.     ऐ.ऐ. बस्ने वर्ष ५०  का कविन ज्वारचन ।

    १०.    ऐ.ऐ. बस्ने वर्ष ६५ का  याम प्रसाद मगर ।

    ११.    ऐ.ऐ. बस्ने वर्ष ४० का सन्तोष लालचन ।

    १२.    जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.  ०९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ बस्ने वर्ष ६० का कमल हिराचन ।


    प्रतिक्रिया दिनुहोस