बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जापानले गर्‍यो रक्षा सञ्चार उपग्रहसहितको एच–३ रकेट प्रक्षेपण


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १९ २०८१०६:३०
    जापानले गर्‍यो रक्षा सञ्चार उपग्रहसहितको एच–३ रकेट प्रक्षेपण

    टोकियो । जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजावाहक नयाँ एच–३ रकेट प्रक्षेपण गरेको छ ।

    जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित एच–३ रकेट सफलतापूर्वक उपग्रहबाट अलग भएको छ । यो उपग्रहको उद्देश्य जापानको सेल्फ डिफेन्स फोर्सलाई अन्तरिक्षबाट सूचना आदानप्रदान बढाउने हो ।

    जापानको एच–३ ले एच–२ ए रकेटको सञ्चालनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष सन् २०२४ देखि अर्को मार्चसम्म ५० रकेटको प्रक्षेपण गरिने अपेक्षा गरिएको छ ।

    २०२३ मार्चमा यसको उद्घाटन प्रक्षेपणको विफलता र यो वर्ष दुई सफल मिसनपछि सोमबारको एच–३ यो वर्ष गरिएको जापानको चौथो प्रक्षेपण हो । रासस/एएफपी


    प्रतिक्रिया दिनुहोस