आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • अर्घाखाँचीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १९ २०८१०६:४०
    अर्घाखाँचीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

    अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको मृत्य र आठ जना घाइते भएका छन् ।

    वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएका र एक महिलाको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।  ।

    प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताए । 


    प्रतिक्रिया दिनुहोस