आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरेर फरार दुई जना कम्बोडियाबाट पक्राउ


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १९ २०८१०६:४९
    सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरेर फरार दुई जना कम्बोडियाबाट पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारी ठगीको मुद्दामा फरार भई इन्टरपोलको खोजी सूचीमा रहेका सिन्धुपाल्चोक माङ्खाकी विनु शाक्य र उदयपुर त्रियुगाका सुजन आचार्य कम्बोडियाबाट पक्राउ परेका छन् ।

    इन्टरपोलको रेड नोटिसमा परेका दुवै जनालाई कम्बोडियामा पक्राउ गरी कानुनी कारबाहीका लागि नेपाल ल्याइएको हो । कम्बोडिया सरकारले दुवैजनालाई नेपाल पठाएको हो । नेपाल प्रहरीले शाक्य र आचार्यको खोजीका लागि इन्टरपोल र कम्बोडिया प्रहरीसँग अनुरोध गरेको थियो । त्यसपछि कम्बोडिया प्रहरीले शाक्यलाई पक्राउ गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालयले शाक्यलाई र आचार्यलाई कात्तिक नौ मा नेपाल ल्याइएको जनाएको छ ।

    दुवै जनालाई कम्बोडियास्थित इन्टरपोल न्होम्पेनको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ । आचार्य शाक्यले शाक्यले वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनेर ४० जना भन्दा बढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोग छ ।

    दुवै जनाविरुद्ध २०८० माघ १९ मा इन्टरपोलले रेड नोटिस जारी गरी खोजीकार्य अघि बढाएको थियो । त्यसपछि इन्टरपोलका सदस्यराष्ट्रका प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेकामा दुवैजना कम्बोडियाबाट पक्राउ परेका हुन् । दुवैजना असोज १ मा पक्राउ परेपनि कानुनी प्रक्रिया पूरा गर्दा नेपाल ल्याउन केही ढिलाई भएको थियो ।

    नेपालमा विभिन्न जिल्लाका युवालाईआकर्षक वैदेशिक रोजगारी दिलाइदिन सिंगापुर पठाउने भन्दै मोटो रकम असुलेर उनीहरु फरार भएका थिए । आफूहरु रकम बुझाएर पनि विदेश जान नपाएपछि पीडित युवाहरुले प्रहरीमा उजुरी दिएका थिए ।


  • सम्बन्धित विषय:

  • # बैदेशिक रोगजार ठगी
  • प्रतिक्रिया दिनुहोस