विराटनगर । दशैं-तिहारको अवधिमा मात्रै सवारी दुर्घटनामा परी कोशी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ ।
१७ असोज घटस्थापनादेखि १९ कात्तिकसम्म भएका सवारी दुर्घटनामा ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दशैंको घटस्थापनादेखि तिहारको भाइटीकासम्म कोशी प्रदेशमा ५८२ वटा दुर्घटना भएका छन् । उक्त अवधिमा एक बालकसहित २९ पुरुष, २ बालिका र ८ महिलाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।