काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपको बहस जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलको इजालसमा शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामीछानेलाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत कास्की पुर्याइसकेको छ ।
म्याद थपको बहसका लागि इजालसमा उपस्थित गराइसकेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
लामिछानेलाई ३० दिनको म्याद थपको मागसहित अदालतमा पेश गरेको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ ।