आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • स्रोत नखुलेको १० लाख रुपैयाँसहित ठूलोभर्‍याङबाट दुईजना पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक २० २०८१०६:३२
    स्रोत नखुलेको १० लाख रुपैयाँसहित ठूलोभर्‍याङबाट दुईजना पक्राउ

    काठमाडौं । प्रहरी वृत्त स्वयम्भूको टोलीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । 

    धादिङको गंगाजमुना गाउँपालिका–५ घर भई हाल गोंगबु बस्ने लोरबहादुर गुरुङ र लम्जुङको दूधपोखरी घर भई ललितपुरस्थित नख्खिपोट बस्ने धनबहादुर गुरुङ पक्राउ परेका हुन् ।

    उनीहरूलाई ठूलो भर्‍याङस्थित नियमित जाँच गर्दा दुवै जनाले चलाएको मोटरसाइकल र स्कुटरसहित शनिबार पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये लोरबहादुरले चलाएको प्रदेश ३–०२ प ८८२६ नम्बरको स्कुटरबाट नौ लाख उनीसँगै हिँडेका अर्का धनबहादुरले चलाएको बा८९प ५८३४ नम्बरको मोटर साइकलबाट थप एक लाखसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवै जनालाई प्रहरीले हुन्डी कारोबार गर्न नहुने कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

    एकसाता अघिमात्रै स्वयम्भू प्रहरीले स्रोत नखुलको आठ लाख रुपैयाँसहित २५ वर्षीया अभय प्रधानलाई पक्राउ गरेको थियो । उनीमाथिसमेत हुन्डी कारोबार कसुरमा अनुसन्धान भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस