आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद, तीन जना पक्राउ


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २१ २०८१०८:५७
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद, तीन जना पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद भएको छ । मंगलबार साँझ ५ किलो  ७ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  

    एयर अरेबियाको जहाजमा यूएईको शारजाहबाट काठमाडौँ आएका चिनियाँ नागरिक जियान जोङ तथा  म्यानमारका सान दाइङ तुङ रइ नोङ फुलाई उक्त सुनससहित नियन्त्रणमा लिइएको उनको भनाइ छ । 

    उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा जाँचगर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा सो सुन फेला परेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।


    प्रतिक्रिया दिनुहोस