बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • धर्मगुरुको आवरणमा उग्र अभिव्यक्ति दिने आचार्य श्रीनिवास पक्राउ


    हुलाक प्रेस

    • सोमबार, मंसिर ११ २०८००८:२५
    धर्मगुरुको आवरणमा उग्र अभिव्यक्ति दिने आचार्य श्रीनिवास पक्राउ

    काठमाडौ । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ। 

    प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थक सहित पुगेका उनले भीडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएका थिए। त्रिशुल सहित पुगेका उनको टोलीले प्रहरीलाई आक्रमण गर्न थालेपछि पक्राउ गरिएको हो।

    गेरुवस्त्रमा त्रिसुल सहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि उनलाई पक्राउ गरेको दाबी प्रहरीले गरेको छ। विगत केही दिनदेखि प्रसाईंले राजतन्त्रको माग गर्दै सडक आन्दोलन गर्दै आएका छन्। उनले विवादस्पद अभिव्यक्ति दिदै आइरहेका छन् ।

    उनले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेका थिए । श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएका समेत थिए ।

    नि श्रीनिवास धार्मिक हिंसा भड्काउन कतिसम्म गर्छन् भन्ने २५ चैत २०७४ को घटनाले देखाउँछ ।

    त्यो बेला उनले आफैंलाई गोली हान्न लगाएका थिए । जिल्ला प्रहरी कार्यालय, मोरङमा त्यसबेला खटिएका एक अधिकृतका अनुसार, त्यसदिन आफूलाई युवा सन्त बताउने श्रीनिवास आचार्य बिहान २ बजे शौचालय निस्किएका थिए । त्यही क्रममा उनले आफैंलाई गोली हान्न लगाएका थिए ।


    प्रतिक्रिया दिनुहोस