आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः पहाडी भू-भागमा वर्षाको सम्भावना


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २३ २०८१०८:३५
    आजको मौसमः पहाडी भू-भागमा वर्षाको सम्भावना

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।


    प्रतिक्रिया दिनुहोस