बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ हुँदै


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २३ २०८१०९:१५
    संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ हुँदै

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको ५१ औँ बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बैठक बस्न लागेको हो ।

    बैठकमा सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्ने कार्यसूची छ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि परेको उजुरीउपर आज सुनुवाइ हुने भएको हो । 

    न्यायपरिषद्ले गत असोजमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । 


  • सम्बन्धित विषय:

  • # न्यायाधीश सुनुवाइ
  • प्रतिक्रिया दिनुहोस