बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीको चीन भ्रमण विगतकै समझदारी कार्यान्वयनमा केन्द्रित हुने


    हुलाक प्रेस

    • शनिबार, कात्तिक २४ २०८१०६:४३
    प्रधानमन्त्रीको चीन भ्रमण विगतकै समझदारी कार्यान्वयनमा केन्द्रित हुने

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् ।

    शनिबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले भ्रमण छोटो हुने बताए ।

    ‘डिसेम्बर पहिलो साता हुन्छ भ्रमण, एकदम छोटो भ्रमण हुन्छ यसचोटी, दुई पक्षीय भेटघाट र वार्ता सकेर उहाँ फर्किनुहुन्छ’, उनले भने, ‘मूलत विगतमा चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यू चीन भ्रमण गर्दा भएका समझदारी कार्यान्वयनमै हाम्रो जोड हुनेछ । त्यस अलावा स्वभाविक रुपमा दुई पक्षीय हितका विषयमा कुराकानी हुनेछ ।’

    प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालको अधिकतम हित हुने गरी समझदारीहरु हुने उनले बताए । उपमहासचिव ज्ञवालीले कांग्रेस–एमाले सम्मिलित संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको बताए । ‘दुई दलबीच संवाद, सहकार्य निर्माण गर्ने उद्देश्यले संयन्त्र बनेको हो । त्यही भ्रमणका लागि बनाएको संयन्त्र होइन’, उनले भने ।


    प्रतिक्रिया दिनुहोस