काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी नायब निरीक्षकलाई घुससहित नियन्त्रणमा लिएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएका थिए ।
आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएका टोलीले साउदलाई मंगलबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। उनीमाथी काठमाडौ ल्याएर थप अनुसन्धान गरिने आयोगले जनाएको छ ।