आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसम: उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २५ २०८१०७:३७
    आजको मौसम: उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
    फाइल तस्वीर

    काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    राति, देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी  तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

     


    प्रतिक्रिया दिनुहोस