आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मानव तस्करीको आरोप लागेका कोसीका पूर्वमन्त्री लिलावल्लभ अधिकारी पक्राउ


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २५ २०८१०३:१६
    मानव तस्करीको आरोप लागेका कोसीका पूर्वमन्त्री लिलावल्लभ अधिकारी पक्राउ

    काठमाडौं ।  कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइन लागेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

    अधिकारीलाई केही दिनअघि जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको पाइएको छ । उनलाई मानव तस्करीको आरोप लागेको छ । प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएका थिए ।

    उनीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ । संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको थियो ।

    उनी नेपाल फर्किनासाथ मन्त्रीबाट राजीनामा दिएका थिए भने एमालेले पनि शनिबार पार्टीबाट निलम्बन गरेको छ । मन्त्रालयको नक्कली कागजात बनाएर जापान गएका तीनसमेत मन्त्री अधिकारीलाई जापानको विमानस्थलबाटै डिपोर्ट गरिएको थियो ।  नक्कली कागजात बनाएका तीन जनालाई  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिसकेको छ । 

    उनीहरुको बयानका आधारमा अन्य थप तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दियो । विवादपछि मन्त्री अधिकारीले बुधबार नै मुख्यमन्त्री हिक्मत कार्की समक्ष राजीनामा बुझाइसकेका थिए ।

    तर राजीनामाले मात्रै नहुने भन्दै पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग उठेको थियो । त्यसपछि एमालेले उनलाई शनिबार कारबाही गरेको थियो ।

    जापान जाने क्रममा आफूसँगै तीनजना नेपालीले नक्कली ‘डकुमेन्ट’ बनाएर उतै भाग्ने योजना बनाएको पाएपछि आफू फिर्ता भएको मन्त्री अधिकारीले दाबी गरे पनि नक्कली कागजात मन्त्रीको स्वीकृतिबेगर नभएको एमालेकै एक प्रदेश सभा सदस्यले बताए ।


  • सम्बन्धित विषय:

  • # लिलावल्लभ अधिकारी
  • प्रतिक्रिया दिनुहोस