आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २५ २०८१०७:०१
    कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु
    फाइल तस्बिर

    मान्म (कालीकोट) । कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो । 
     
    दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको  छ ।

    घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उनले बताए ।  
    रासस


  • सम्बन्धित विषय:

  • # #accident
  • प्रतिक्रिया दिनुहोस