बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिविमा अब जुनसुकै विषयबाट स्नातक गरेकाले स्नातकोत्तरमा नेपाली पढ्न पाउने


    हुलाक प्रेस

    • मंगलबार, मंसिर १२ २०८००९:३६
    त्रिविमा अब जुनसुकै विषयबाट स्नातक गरेकाले स्नातकोत्तरमा नेपाली पढ्न पाउने

    काठमाडौँ । जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने भएका छन्। 

    त्रिभुवन विश्वविद्यालय नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णय गरेको हो । 

    त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्नेछ। 

    त्रिवि नेपाली विषय केन्द्रीय विभागका विभागीय प्रमुख तथा नेपाली विषय स्थायी समितिका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले नेपाली भाषा पढ्न अब कुनै राेकटाेक नहुने बताए । अहिलेसम्म स्नातक तहमा नेपाली विषय पढेकाले मात्रै स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने व्यवस्था छ।


    प्रतिक्रिया दिनुहोस