बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रपतिद्वारा न्यायाधीशमा निरौला र पाण्डेय नियुक्ति


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २५ २०८१०७:१४
    राष्ट्रपतिद्वारा न्यायाधीशमा निरौला र पाण्डेय नियुक्ति

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गरेका छन् ।

    राष्ट्रपति पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई आज न्यायाधीशमा नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यही कात्तिक २३ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित निरौला र पाण्डेयको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । 

    नेपालको संविधान धारा १२९ को उपधारा २० बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुई न्यायाधीशको नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस