आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना


    हुलाक प्रेस

    • सोमबार, कात्तिक २६ २०८१०७:३२
    आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।

    देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई  स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    यसैगरि सोमबार राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महासाखाले जनाएको छ । 

    महाशाखाले राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई  स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

    यसैगरि मसासाखाले बुलेटिनमा जनाए अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी  तथा हिमाली भू-भागका एक/दुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको छ । 


  • सम्बन्धित विषय:

  • # #mausam
  • प्रतिक्रिया दिनुहोस