आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दीपक मनाङे काठमाडौंबाट पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक २७ २०८१११:४४
    दीपक मनाङे काठमाडौंबाट पक्राउ

    काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । उनलाई मंगलबार काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

    प्रहरीले मनाङेलाई अदालतमा पेस गर्ने तयारी गरेको छ । यही कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको उनको पाँच वर्ष कैद सजायको फैसला सदर गरेको थियो ।

    उनलाई ०६० सालमा अर्का गुन्डा नाइके मिलन गुरुङ (चक्रे) हात छिनालेको अभियोगमा दोषी ठहर गरिएको थियो ।मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरिएको हो । ०६९ सालमा उच्च अदालत पाटनले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए 

    अदालतमा पेसपछि उनी कैद भुक्तानका निम्ति कारागार चलान हुनेछन् । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङ निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।


    प्रतिक्रिया दिनुहोस