काठमाडौं सुनचाँदीकै मूल्य आज थप घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामै दुई हजार चार सय रुपैयाँले घटेको हो ।
हिजो सुन तोलामा एक हजार रुपैयाँ घटेको थियो । आइतबार पनि सुनचाँदीकै मूल्य घटेको थियो। विगत तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको लागि सुनको मूल्य तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । हिजो सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो ।
आइतबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो । हिजो तोलाको एक हजार घटेको सुनको भाउ आज २४ सय रुपैयाँ घटेको हो ।
यही कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेकाे थियो ।