आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्कदाँ एक जनाको मृत्यु, ५ जना घाइते


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक २७ २०८११२:१४
    हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्कदाँ एक जनाको मृत्यु, ५ जना घाइते

    काठमाडौं । हेटौँडामा पेट्रोल ट्यांकरको टायरमा हावा भर्ने क्रममा टायर पड्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गरेर हावा भर्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ ।
     
    टायर पड्किँदा भारत घर भई हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११ थानाभर्‍याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेका छन् । विष्फोटमा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

    गएराति १ बजे मधेस प्रदेश ०३-००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको टयांकरको टायर मर्मत गर्ने क्रममा टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट हुँदा घटना भएको हो ।

    घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय जाबिर हवारी, मधेस प्रदेश ०३-००२ ख ०३०० न।को ट्यांकर चालक हेटौँडा ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को टयांकर चालक धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर २ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर-८ का लक्ष्मण थापा घाइते भएका छन् ।


    प्रतिक्रिया दिनुहोस