बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २८ २०८१०८:११
    आजको मौसमः उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
    फाइल तस्वीर

    काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।


    प्रतिक्रिया दिनुहोस