आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजनले गरे दर्शन


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २८ २०८१०८:१५
    चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजनले गरे दर्शन

    भक्तपुर । चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व रहेको चाँगुनारायण मन्दिरमा आज एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । 

    विश्वसम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा आज हरिबोधिनी एकादशीको दिन चाँगुनारायण मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीको ठूलो घुइँचो लागेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए ।

    मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बिहान ३ बजेदेखि नै मन्दिर खुला भएको र दर्शनार्थीको आगमन भएको बताउँदै आज रातिसम्ममा ५० हजारभन्दा बढी दर्शनार्थीले एकैदिन दर्शन गरेको जानकारी दिए ।

    चार नारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरूपको रूपमा पुजिने गरिन्छ ।

    आजको दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौंको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शन गर्ने गर्छन् । 

    आज चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्न सके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गरेपनि चार नारायणको दर्शन गरे बराबरको पुण्य प्राप्त हुने मान्यता छ । 

    आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रूपमा विशेष पूजा अर्चना गरेर मनाइन्छ । रासस


    प्रतिक्रिया दिनुहोस