आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • साइबेरियाबाट आएका चरा कैलाली–कञ्चनपुरमा


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २८ २०८१११:५९
    साइबेरियाबाट आएका  चरा कैलाली–कञ्चनपुरमा

    कञ्चनपुर । उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको संख्या बढेको छ । 

    साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पंक्षी संरक्षण संघ (बीसीएन)का सदस्य हिरुलाल डगौराले बताए ।  

    कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ्रे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उनले बताए ।  

    विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका पुग्ने गरेको चराबारे जानकारी भएका डगौराले बताए । 

    आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेका उनले बताए । रासस


    प्रतिक्रिया दिनुहोस