बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जाँदै


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २८ २०८११२:१९
    प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंसिर १३ गते उनी चीन जान लागेकी हुन् । 

    चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणमा चीन जान लागेकी राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गर्ने छन् । उनी भ्रमणको तयारी लगायतका विषयमा काम गठन गठित संयन्त्रको सदस्य समेत छिन् ।

    प्रधानमन्त्री ओली मंसिर १६ देखि चीनको औपचारिक भ्रमणमा जाँदै छन् । यद्यपि, प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन । 


    प्रतिक्रिया दिनुहोस