शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य फेरि घट्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक २९ २०८११०:४६
    सुनको मूल्य फेरि घट्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । घरेलु बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रहेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो ।  

    आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।  

    अघिल्लो दिन सुनको मूल्य १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।    

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भईरहेको छ ।  


    प्रतिक्रिया दिनुहोस