आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • टीआरसी आयोगमा उम्मेदवारी दिने म्याद थपियो


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक २९ २०८१०९:०३
    टीआरसी आयोगमा उम्मेदवारी दिने म्याद थपियो

    काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी पदाधिकारी सिफारिस गर्न सरकारले गठन गरेको सर्च कमिटीले पदाधिकारीमा दरखास्त दिने म्याद मंसिर ४ गतेसम्म थपिएको छ । यसअघि बिहीबार सम्मका लागि भन्दै सूचना जारी भएको थियो । 

    हालसम्म परेको आवेदन र अनुरोधका आधारमा मंसिर ४ गते ५ बजेसम्मका लागि आवेदन दिन पाउने म्याद थप भएको सिफारिस समितिका प्रवक्ता खम्बबहादुर खातीले बताए । 

    सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको पदाधिकारी सिफारिसका लागि सर्च कमिटी गठन भएको थियो ।


    प्रतिक्रिया दिनुहोस