आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दार्चुलामा जीप दुर्घटना, सात जनाको मृत्यु, ६ जना गम्भीर घाइते


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक ३० २०८१०९:१५
    दार्चुलामा जीप दुर्घटना, सात जनाको मृत्यु, ६ जना गम्भीर घाइते

    दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा सातजनाको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् । 

    दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहराको मृत्यु भएको छ । 

    भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको छ । एकजनाको परिचय खुलेको छैन । रासस


    प्रतिक्रिया दिनुहोस