आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः तराईमा बाक्लो हुस्सु, यातायात सेवा प्रभावित हुनसक्ने


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक ३० २०८१०९:२७
    आजको मौसमः तराईमा बाक्लो हुस्सु, यातायात सेवा प्रभावित हुनसक्ने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

    तराई भू–भागका केही स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

    विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    तराईमा बिहान र राति बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।


    प्रतिक्रिया दिनुहोस