आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कस्तो होला आजको दिनभरको मौसम ?


    हुलाक प्रेस

    • शनिबार, मंसिर १ २०८१०८:४८
    कस्तो होला आजको दिनभरको मौसम ?

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । देशभर पश्चिमी वायु र पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहँदा केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।  

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराई भू–भागका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।

    विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 


    प्रतिक्रिया दिनुहोस