आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • विपद्का घटनाले सात महिनामा ६४७ जनाको लियो ज्यान, ६६ बेपत्ता


    हुलाक प्रेस

    • आइतबार, मंसिर २ २०८१०९:२२
    विपद्का घटनाले सात महिनामा ६४७ जनाको लियो ज्यान, ६६ बेपत्ता
    फाइल तस्वीर

    काठमाडौं । विपद्का घटनाले पछिल्लो सात महिनामा नेपालमा ६४७ जनाको ज्यान लिएको छ । बाढी, पहिरो, चट्याङ, आगलागी लगायतका विपद्का घटनाले उनीहरूको ज्यान लिएको हो ।

    गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०८१ वैशाख १ देखि कात्तिक ३० गते दिउँसोसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

    केन्द्रको तथ्यांकअनुसार उक्त अवधिमा पाँच हजार ५३९ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी ६४७ जनाको मत्यृ भएको थियो भने एक हजार १११ जना घाइते भएका थिए ।

    यसवर्ष विपद्का घटनामा परी अझै ६६ जना बेपत्ता छन् । विपद्का घटनाले बितेको सात महिनामा ५० अर्बभन्दा बढीको आर्थिक क्षति गरेको छ ।

    २०८१ वैशाखदेखि कात्तिकसम्मको अवधिमा विपद्का घटनाले तीन हजार ४१० घर पूर्णक्षति र सात हजार २४४ घरमा आंशिक क्षति गरेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा अर्थात् २०८० वैशाख १ देखि कात्तिक ३० गतेसम्म सात महिनाको अवधिमा विपद्का घटनामा परी नेपालमा ३७९ जनाको मृत्यु भएको थियो । उक्त अवधिमा रेकर्ड गरिएका तीन हजार ४७६ विपद्का घटनामा परी एक हजार १४८ जना घाइते र ३१ जना बेपत्ता भएका थिए ।


    प्रतिक्रिया दिनुहोस