आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, मंसिर २ २०८११२:२०
    जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    डोटी ।  शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ  डडेल्धुराबाट दिपायलतर्फ आइरहेको 

    मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो । 

    दुर्घटनामा  घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ ।

    ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #accident
  • # #death
  • प्रतिक्रिया दिनुहोस