बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ४ २०८१०९:३७
    उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज

    काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ ।

    भोलि बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । 

    मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ । 


    प्रतिक्रिया दिनुहोस