आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कोसीका पूर्वमन्त्री अधिकारीसहितलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ४ २०८१०५:५६
    कोसीका पूर्वमन्त्री अधिकारीसहितलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव तस्करीमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारीसहितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

    यसअघिको म्याद सकिएर मंगलबार उनलाई थप अनुसन्धान आवश्यक रहेको भन्दै अदालतमा पेस गरेको थियो । मन्त्री पदको दुरुपयोग गर्दै अवैध रूपमा मानिसहरू जापान लगेको आरोपमा उनी विराटनगरबाट पक्राउ परेका थिए । 

    अवैधरूपमा जापान पठाएर मानव तस्करी गरेको आरोपमा अधिकारीसहित ९ जनामाथि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।
     


    प्रतिक्रिया दिनुहोस