आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मध्यपूर्वमा आणविक हतियारमुक्त क्षेत्र स्थापना गर्न राष्ट्रसंघका महासचिव गुटेरेसको आह्वान


    हुलाक प्रेस

    • बुधबार, मंसिर ५ २०८१११:०७
    मध्यपूर्वमा आणविक हतियारमुक्त क्षेत्र स्थापना गर्न राष्ट्रसंघका महासचिव गुटेरेसको आह्वान

    काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तत्काल युद्धविराम र आणविक हतियारमुक्त क्षेत्र स्थापना गर्न आह्वान गरेका छन् ।

    आणविक हतियार र अन्य सामुहिक विनाशका हतियारहरू मुक्त मध्यपूर्व क्षेत्रको स्थापनासम्बन्धी सम्मेलनको पाँचौं सत्रमा आफ्नो भिडियो सन्देशमा गुटेर्रेसले सो आह्वान गरेका हुन् ।

    द्वन्द्व झनै बिस्तार भइरहेको भन्दै युद्ध रोक्न उनले आह्वान गरे ।

    उनले मध्यपूर्व र विश्वभरका सबै मानिसहरूका लागि थप शान्तिपूर्ण भविष्य निर्माण गर्न आवश्यक रहेको बताए ।


    प्रतिक्रिया दिनुहोस